FAQs Complain Problems

मार्मा गाउँपालकिा बाट देखिने मनोरम दृस्य

Read More

सपथ ग्नरहण पछि नव निर्वाचित जनप्रतिनिधि ज्युहरु

Read More

संक्षिप्त परिचय

मार्मा गाउँपालिकाको संक्षिप्त परिचय: वि.स.२०७३ सालमा घोषणा भएका ७५३ वटा स्थानीय तह मध्ये मार्मा गाउँपालिका प्रदेश नं. ७ दार्चुला जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर  (२–९) र सितोला १-४ र ९ )  लार्इ एकिकृर्त गरी ६ वटा वडाहरु मा विभाजन गरिएको छ । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ्ग जिल्ला , पश्चिममा  दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका , उत्तरमा अपिहिमाल गाउँपालिका र  दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङ्गको बुङ्गल नगरपालिका  रहेका छन।

 

यस मार्मा गाउँपालिकाको क्षेत्रफल  २०८.०६ वर्ग कि.मि. रहेको छ । वि.स.२०६८ को जनगणना अनुसार यस मार्मा गाउँपालिकाको कूल जनसंख्या १४९५६ रहेको छ ।  मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ । यस मार्मा गाउँपालिकामा विभिन्न जातजातीहरु रहेका छन । जसमा ब्रामण ( जोशी ,पन्त, ओझा,भट्ट ) , ठकुरी (सिंह) ,  क्षेत्री ( बिष्ट , महता , सितोली , डडाल , कोट्टारी,धामी, ठगुन्ना, भण्डारी,मन्याल, कार्की, महरा र रोकाया आदी ) , दलित ( टमटा, ओड, दमाइ, तिखाल, नेपाली,  लुहार , कामी , वि.क. आदी ) तथा अन्य जात जातीहरु यस मार्मा गाउपालिकामा बसोबास गर्दै अएका छन ।

 

        यस मार्मा गाउँपालिकाको बनावट भिरालो जमिन , समथर जमिन , उच्चा डाँडाहरु तथा विभिन्न पानीका मुहानहरु पनि रहेका छन । जस्तै चौलानी नदी , पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला , तपोबन मर्मतीमा मेलेगाड खोला , शेरी मा रहेको कचुलीगाड खोला ,च्युरानीको दोगाडा खोला आदि पानीका श्रोतहरु  रहेका छन ।  यस मार्मा गाउँपालिकामा  विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि रहेका छन । जस मध्ये मार्मा गाउँपालिकाको सबै भन्दा अग्लो स्थानमा रहेको परमचुली धाम पनि एक हो । यस्तै दार्चुला जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तपोबन तातोपानी, लटीनाथ बाबाको मन्दिर(तलार्इमाण्डौ) लटीनाथ , मटेलाको मस्टा मन्दिर ,शेरीको क्वाकट्टे मन्दिर , गुल्जरको दुर्गाभवानी मन्दिर जस्ता थुप्रै धार्मीक तथा पर्यटकीय ठाउँहरु पनि यस मार्मा गाउपालिका भित्र रहेका छन । भोगौलिक हिसाबले विकट रहे पनि यो मार्मा गाउँपालिका प्राकृतिक  रुपमा  एकदमै सुन्दर र रमणीय ठाउँ रहेको छ ।   

जन प्रतिनिधि

Jaman Singh Dhami
अध्यक्ष
9868494642

पदाधिकारी

ROshan Adhikari
प्रमुख प्रशासकीय अधिकृत
9840196763
सूचना अधिकारी
9864670399

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

 १.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी

२.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस |

३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

 १. सम्बन्धित बच्चाको बाबुको नागरिकता

२. आमाको नागरिकता

३. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता

४. सूचना दिने व्यक्ति एकै घरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

५. अस्पतालमा भए अस्पतालको कागजात

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता |

२. सूचना दिने मानिसको नागरिकता |

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति

४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने

सेवा प्रकारः-
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१)निवेदन प्रत्र
२) मृतकको नागरीकता र सूचना दिन आउनेको नागरीकता
३) मृतक संग सम्बन्ध जोडिने प्रमाणप्रत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन प्रत्र
५) मृतकको नागरीकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यत्तिको नागरीकता नभएमा समेत स्थानीय सर्जमिन प्रत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- मार्मा गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर (दुई प्रतिशत) तिरेको रसिद / नतिरेको भए तिर्नु पर्ने

३. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि

४. चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेकोरसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- मार्मा गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. आफ्नो व्यवसायको बिस्तृत व्यहोरा सहित निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रकोप्रतिलिपि

३. चालु आ. व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्र

४. सम्झौता पत्रको प्रतिलिपि

५. स्थलगत प्रतिवेदन

६. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र

७. आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

जानकारी